Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

himalaya Diary News Service by himalaya Diary News Service
February 28, 2026
in Business
0
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको बताउनुभयो ।

उहाँले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।  भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उहाँको धारणा थियो ।

अध्यक्ष ढकालले नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो ।

यस्तै उहाँले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरुमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराउनुभयो ।

उहाँले भन्नुभयो “नेपालमा उर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दछु ।”

नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले दीर्घकालीन रुपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरु भइरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यवसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्ताहरुलाई आह्वान पनि गर्नुभयो ।

उहाँले राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इन्डो–नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, भारत सरकारका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धिया, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह सेखावत, भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा लगायत उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

Next Post

Foreign Ministry Urges Nepalis to Avoid Travel to Israel and Iran

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Foreign Ministry Urges Nepalis to Avoid Travel to Israel and Iran

Recommended

India: PM Narendra Modi unveils 108 ft statue of Hanuman ji in Morbi, Gujarat

India: PM Narendra Modi unveils 108 ft statue of Hanuman ji in Morbi, Gujarat

4 years ago
कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.