नेपाल युवा रेडक्रस सर्कल: आदिकवि भानुभक्त सिर्ट क्याम्पस जिल्लाकै उत्कुष्ट सर्कलको रूपमा सम्मानित

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजना एवतनहुँको व्यास नगरपालिका वडा नं १ स्थित विज्ञानचौरमा रहेको नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस जिल्लकै उत्कुष्ट सर्कलको रुपमा प्रथम भई सम्मानित भएको छ ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको आयोजनामा र आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता÷व्यवस्थापनमा मिति २०८१ जेष्ठ १९ देखि २० (तदनुसार ०१ देखि ०२ जुन २०२४) सम्म ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठीमा सम्मान गरिएको हो ।
कार्यक्रममा नेरेसो तनहुँका सभापति प्रा.डा. कृष्ण प्रसाद गौतम लगायतले युवा रेडक्रस सर्कल आदिकवि भानुभक्तका अध्यक्ष एवं पदाधिकारी तथा सदस्य लाई उक्त सम्मान पत्र प्रदान गरे ।
त्यस्तै द्धितियमा चण्डिदेव राष्ट्रिय माध्यमिक विद्यालय, तृतीयमा पराशर माध्यमिक विद्यालय भएको छ। सान्तवना भने जनज्योती मावि र रामशाह मावि भएको थियो। एक वर्षभरिमा जिल्ला भरिको सर्कलले गरेको सामाजिक कार्य लगायत गतिविधिको मुल्याङकन गरि सम्मान गरिएको जिल्ला जुनियर तथा युवा रेडक्रस समिति तनहुँका संयोजक गिरीले बताए । शनिबार देखि चलेको उक्त गोष्ठि आईतबार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजना एवम् नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता÷व्यवस्थापनमा मिति २०८१ जेष्ठ १९ देखि २० (तदनुसार ०१ देखि ०२ जुन २०२४) सम्म ३९ औ तनहुँ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी निम्नानुसार ५ प्रस्ताव तथा निर्णयहरू, १० वटा प्रतिवद्धताहरू र २० वटा सुझावहरूको आदिकवि भानुभक्त क्याम्पस घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

Comments are closed.