Trending Now

परराष्ट्रसचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता

काठमाडाैं । परराष्ट्रसचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता प भएकाे छ .

सचिव लम्साल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता भएकाे हाे । पुनेमा आयोजित एसिया इकोनोमिक डाइलगमा सहभागी हु मंगलबार दिल्ली पुग्नुभएकी परराष्ट्र सचिव लम्सालले मंगलबार नै जयशंकरसँग भेटवार्ता गर्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गर्नुभएकाे छ । नेपालका परराष्ट्रसचिव लम्साललाई स्वागत गर्न पाउँदा खुशी लागेकाे उल्लेख गर्दै उहाँले द्धिपक्षीय सम्बन्धका विभिन्न पक्षमा विविध विषयमा आफूहरुबीच कुराकानी भएकाे लेख्नुभएकाे छ ।

Comments are closed.