पाँच कम्पनीले पाए आईपीओ निष्कासनको गर्न बोर्डबाट अनुमति, कुन कम्पनीको कति ?

काठमाडौँ / आइतबार यता तीन दिनमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले आइतबार यता हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डले असार १७ गते हाथवे इन्भेष्टमेन्ट लिमिटेडलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो भने असार १८ गते मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेडलाई अनुमति दिएको हो भने सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीलाई आज असार १९ आइपीओ निष्काशनको अनुमति दिएको हो ।

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमा २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

त्यस्तै मिड सोलु हाइड्रोपावरले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न असार १८ गते अनुमति पाएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

त्यसैगरी माण्डु हाइड्रोपावरलाई अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन असार १८ गते सेबोनले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यी दुई हाइड्रोपावर कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछन् । त्यसपछि कम्पनीहरूले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न असार १९ गते सेबोनले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीको लागि र ४ लाख ८० हजार कित्ता कर्मचारीहरूको लागि छुट्याइएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

त्यसैगरी सिटिजन नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार १९ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारी गएका नेपालीहरूको लागि छ । त्यस्तै कर्मचारीको लागि ५ लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरिनेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

Comments are closed.