प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौँ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले ११४ औँअन्तर्राष्ट्रिय नारी दिवस -२०८०को आयोजना प्रतिष्ठानको देवकोटा कक्षमा गरेको थियोे।यस अवसरमा ‘ नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा महिलाको भूमिका ‘विषयक विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमसमेत भएको थियोे । यस कार्यक्रमको उद्घाटन कुलपति राईले कविता वाचन गरेर गर्नुभएको थियोे ।यस अवसरमा उहाँले हजारौँ वर्षदेखिको पुरुष मनोविज्ञान हटाउन कठिन रहेको बताउनुभएको थियो ।यसैक्रममा उहाँले महिला अस्तित्वमाथि पितृशक्ति हाबी भएको छ,हिंसा बढ्दो छ ।महिलाहरू भाषिक ,सामाजिक र सांस्कृतिक रूपमा मुक्ति आन्दोलन लडिरहेका छन् ।यसलाई पुरुष मानसिकताले साथ दिनु जरुरी रहेको बताउनु भएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।यस्तै कविता वाचन प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल , उषा शेरचन ,सन्ध्या पहाडी ,गीता कार्की,प्रगति राई ,रीमा केसी,विमला तुम्खेवा र राधा कार्कीले कविता वाचन गर्नुभएको थियोे ।
यसैगरी ‘नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा महिलाको भूमिका ‘विषयक कार्यपत्र कैलाश राईले प्रस्तुत गर्नुभएको थियोे ।यसमाथिको टिप्पणी मानुषीयमी भट्टराईले गर्नुभएको थियोे
यस प्रज्ञा -प्रतिष्ठान आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष माणिकरत्न श्रेष्ठले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियोे ।उक्त युनियनका सचिव रामकुमार बोहराले स्वागत मनतव्य राख्नुभएको थियोे ।यस कार्यक्रमको उद्घोषण कवि राधा कार्कीले गर्नुभएको थियोे ।

Comments are closed.