काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताए ।
उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको बताए ।
उनले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताए ।
उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताए ।
उनले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताए ।
सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
Comments are closed.