काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा १५ वटा राँगा आएको मात्रै उपलब्धी भएको दाबी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार समय लिएर बोल्दै ओलीले अरू कुरा प्रधानमन्त्रीले प्रमाणित गर्नुपर्ने बताए।
‘अघि प्रधानमन्त्रीको फूर्तिफार्ती सारा जितेर फर्किएको सिकन्दरजस्तो थियो। सब फाँडेर फर्किएको चंगेज खाँजस्तो थियो। अचम्म लाग्यो मलाई । साँच्चै ल्याएको चाहिँ के हो भने १५ वटा राँगा मात्रै हो। चढेर आए पनि डोर्याएर ल्याए पनि।’ओलीले भने, अरू कुरा त प्रधानमन्त्रीज्युले प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । अरू कुन चाहिँ नयाँ के प्रोजेक्ट छ?
उनले राँगा ल्याउने प्रक्रिया पनि आफू प्रधानमन्त्री हुँदा नै पशुको नश्ल सुधारका लागि प्रक्रिया थालिएको ओलीले बताए।
Trending Now
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
Comments are closed.