प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई शीर्ष नेताबीच आधा घण्टादेखि भेटवार्ता जारी छ ।
संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।दलहरूबीच टीआरसीमा सहमति जुटाउने प्रयास पनि जारी छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।

Comments are closed.