Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू भारतको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता हुँदा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग संवादका लागि तयार गरिएको प्रेस नोट

himalaya Diary News Service by himalaya Diary News Service
April 4, 2022
in Feature, Nepal, News
0
प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू भारतको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता हुँदा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग संवादका लागि तयार गरिएको प्रेस नोट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

उपस्थित  सञ्चारकर्मी  मित्रहरू,

  • मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी  सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा आज स्वदेश फर्कनु भएको छ।
  • भ्रमणका अवसरमा भएका गतिविधिहरुका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति एवं भ्रमण दलका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचारहरुमार्फत यहाँहरु अवगत नै हुनुहुन्छ।
  • भ्रमणको महत्वपूर्ण पक्षको रुपमा नयाँ दिल्लीको हैदरावाद हाउसमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभयो। भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू र भारतीय समकक्षी श्री नरेन्द्र मोदीज्यूबीच नेपाल-भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरुमा छलफल भयो। दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरुको आदान-प्रदान भयो।
  • यसै सिलसिलामा उच्च तहमा भ्रमणको आदान-प्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपो जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउने लगायतका विषयमा छलफल भयो।
  • नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको छ। भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्य सम्बन्धी नेपालका प्रस्तावहरुलाई भारतले सकारात्मक रुपमा अगाडि बढाउने बताउनुभएको छ।
  • भैरहवा र पोखरामा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सहज उडान सञ्चालनका लागि एवं नेपालको हवाई ट्राफिकलाई मध्यनजर गर्दै नेपाललाई महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप एयर इन्ट्री रुट उपलब्ध गराउने विषयमा छलफल गरिएको छ। यसैगरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनका लागि अविलम्ब निअर वोर्डर अपरेसन सहमतिका लागि भारत सरकारसंग प्रधानमन्त्री श्री देउवाले अनुरोध गर्नुभएको छ।
  • भ्रमणका अवसरमा दुवै प्रधानमन्त्रीको समुपस्थितिमा देहायबमोजिमका ४ विषयमा भर्चुअल माध्यमबाट सेवाको उद्घाटन एवं प्रगति अवलोकन गरिएको छ:
  • जयनगर-जनकपुर रेल सेवाको सञ्चालन (Jaynagar-Janakpur Cross Border Rail Link Project)।
  • भारतीय सहयोगमा नेपालमा निर्माण सम्पन्न १32 केभी सोलु करिडोर ट्रान्समिसन लाइन (132 KVDC Solu Corridor Transmission Line Project)।
  • स्वास्थ्य क्षेत्रमा निर्माणाधीन 132 वटा हेल्थ पोष्ट निर्माण कार्य (Construction of 132 Health Facilities) र
  • नेपालमा SBI बैकबाट जारी रुपैय कार्ड सञ्चालन (Lunch of Rupay Card)।

 

साथै, यहि भ्रमणका अवसरमा दुई देश बीच निम्न दस्तावेजहरुमा हस्ताक्षर सम्पन्न भएको छः

  • MoU for Enhancing Technical Cooperation in Railway Sector;
  • Framework Agreement of International Solar Alliance;
  • Agreement between NOC and IOC for Supply of Fuel for 5 Years
  • Agreement between NOC and IOC for Sharing Technical Expertise

 

  • साथै जलविद्युत क्षेत्रमा नेपाल भारत बिच दीर्घकालिन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ हामीले Nepal-India Joint Vision Statement on Power Sector Cooperation मा सहमति भएको छ। नेपाल र भारतबीच जलविद्युत उत्पादन, प्रशारण लाइन निर्माण र जलविद्युत व्यापार बढाउने विषयमा पनि कुराकानी भएको छ।
  • भारतीय प्रधानमन्त्री मोदीजीको नेतृत्वमा भारतले आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्रीज्यूले नेपालको पूर्वाधार तथा मानवस्रोत विकासमा भारतले गरेको सहयोगको सरहाना गर्नुभयो र यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। साथै नेपालको भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको समेत वताउनु भएको छ।
  • त्यसैगरी वित्तीय क्षेत्रमा LoC IV अन्तर्गत ५०० मिलियन अमेरिकी डलर उपयोगका लागि सिग्नेचर परियोजना प्रस्ताव गर्न भारतीय पक्षबाट अनुरोध भएको छ।
  • दुई प्रधानमन्त्री बीच स्वास्थ्य क्षेत्रमा सहयोगका लागि तनहुँमा स्थापित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्रलाई जी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा छलफल भएको छ।
  • दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरुमा कुराकानी भएको छ। दुई देशबीच स्थापित संयन्त्रहरु मार्फत सीमा सम्बन्धी विषयहरु संवाद र कूटनीतिमार्फत समाधान गर्न कुराकानी भएको छ।
  • भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपाल र भारत दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध सदियौँदेखिको सामाजिक, साँस्कृतिक, आध्यात्मिक तथा भावनात्मक सम्बन्धबाट विकसित भएको र जनता जनताबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्नु भयो। नेपालको विकास र उन्नतिको लागि सहयोग गर्न भारत सदैव तत्पर रहेको बताउनु भयो। भारतको सहयोग नेपाललाई नेपालको प्राथमिकताको क्षेत्रमा निरन्तर रहने विश्वास दिलाउनुभयो।
  • त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूसँग भारतका विदेश मन्त्री महामहिम डा. एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित दोभालले शिष्टाचार भेट गर्नुभयो। उक्त अवसरमा आपसी हितका विषय तथा सम्बन्धलाई अगाडि बढाउने विभिन्न विषयहरुमा महत्वपूर्ण छलफल भयो।
  • नयाँ दिल्ली पुगेको दिनमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाली राजदूतावास नयाँ दिल्लीले आयोजना गरेको स्वागत कायक्रममा सरिक हुनुभयो। सो अवसरमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो।
  • साथै, सम्माननीय प्रधानमन्त्रीज्यूले Confederation of Indian Industry (CII) द्वारा आयोजित कार्यक्रममा Business Leaders लाई सम्वोधन गर्नुभयो। उहाँले बदलिंदो आर्थिक तथा राजनीतिक परिवेशमा नेपाल लगानीका लागि उपयुक्त भएको बताउनु हुँदै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो। यस क्रममा सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न बिभिन्न नीतिगत तथा कानूनी सुधारहरु गरेको बताउँदै प्रधानमन्त्रीज्यूले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आव्हान गर्नुभयो। सो कार्यक्रममा नेपालका निजी क्षेत्रका प्रतिनिधि तथा भारतीय व्यवसायी तथा लगानीकर्ताहरुबीच साझेदारी तथा लगानीका विषयमा अन्तर्क्रिया गर्ने राम्रो अवसर उपलब्ध भएको थियो।
  • नेपाल प्रस्थान गर्नु अघि सम्माननीय प्रधानमन्त्रीज्यूले वाराणसीको भ्रमण समेत गर्नुभयो। त्यस्तै उहाँले काँशी विश्वनाथ मन्दिरमा पूजा अर्चना समेत गर्नुभयो।
  • भ्रमणका अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसँग भएका द्विपक्षीय भेटघाट एवं छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।
  • सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र भारतका प्रधानमन्त्रीले आफूले सन् २०१४ र २०१८ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।
  • अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा भारत सरकारबाट प्रदान गरिएको स्वागत, सत्कार, आतिथ्यता तथा सदाशयताका लागि सम्माननीय प्रधानमन्त्रीज्यू तथा उहाँको भ्रमण दलका तर्फबाट भारतका प्रधानमन्त्री एवं भारत सरकारका सम्वद्ध सबै निकायहरु, नेता एवं पदाधिकारीहरु एवं सम्पूर्ण भारतीय जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस भ्रमणप्रति उत्सुकता र सरोकार एवं सदभाव राखेर विश्लेषणात्मक र सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार माध्यमहरुलाई धन्यवाद ज्ञापन गर्दछु।

धन्यवाद ।

Advertisement Banner
Previous Post

Prime Minister Sher Bahadur returned Nepal upon completion of his three-day Official Visit to India

Next Post

Vinay Kwatra is India’s new foreign secretary; he is currently Indian envoy to Nepal

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Vinay Kwatra is India’s new foreign secretary; he is currently Indian envoy to Nepal

Vinay Kwatra is India's new foreign secretary; he is currently Indian envoy to Nepal

Recommended

Micro-device could pick up early signs of heart attack or stroke

4 years ago
India sets up National Food Laboratory in Raxaul to test samples of Nepal’s agricultural exports

India sets up National Food Laboratory in Raxaul to test samples of Nepal’s agricultural exports

4 years ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.