फेवातालमा डुंगा दुर्घटना, ५ जनाको सकुशल उद्धार

कास्की । सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ ।मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

Comments are closed.