बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग्दै युवाहरुको प्रदर्शन, केहीलाई प्रहरीले पक्राउ गर्‍याे

काठमाडाैं । शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाकाे ज्यान जानेगरी भएकाे घटनाकाे विराेधमा युवाहरुले शनिबार सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

युवाहरुले दिउँसाे काठमाडाैंकाे माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा समेत मागेका छन् । प्रदर्शनमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरियन भाषा परीक्षा (ईपीएस) परीक्षाकाे विषयमा भएकाे प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामकाे चौरपाटी-१ सिउडीका वीरेन्द्र शाहको ज्यान गएकाे थियाे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

सोही विषयलाई लिएर विभिन्न दलका युवा र ईपीएसमा भाषा परीक्षाको फारम भर्न नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

Comments are closed.