काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पुर्पक्षमा थुनामा रहेका खाँडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाँडलाई धराैटीमा छाड्ने-नछाड्नेबारे निर्णय हुन सकेको थिएन । पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने र खरेलले पुर्पक्षमै राख्नुपर्ने राय दिनुभएकाे थियाे ।
दुई न्यायाधीशबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा पेसी राखेर उक्त मुद्दाको सुनुवाइ गरिएको हाे । जसमा काेइरालाकाे इजलासले पाण्डेकाे राजलाई सदर गरेकाे छ ।
Comments are closed.