बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

कास्की । पोखरामा ड्रोन उडाएको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१ स्थित टुडिखेल मैदानमा ड्रोन उडाइरहेको अवस्थामा २५ वर्षीय चेन देङ सेन पक्राउ परेका हुन् ।प्रहरीले ड्रोन पनि बरामद गरेको छ ।उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको छ ।
No photo description available.

Comments are closed.