काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएकाे छ ।
आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा महासचिव पाेखरेलले विकासकाे चरणमा रहेकाे नेपालले बीआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेकाे बताउनुभयाे । परियोजनाहरुको छनोट र तिनको तत्काल कार्यान्वयन गर्दै अगाडि बढ्न जरुरी रहेकाे उहाँले बताउनुभयाे ।
बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको भन्दै महासचिव पाेखरेलले बीआरआई अन्तर्गतका परियाेजना कार्यान्वयनका लागि सरकार तत्पर हुनुपर्ने बताउनुभयाे । बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमति अनुसार परियोजना पहिचान गर्ने कुरामा पछि परिएकाे भन्दै उहाँले परियाेजना पहिचानकाे विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।
उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न आग्रह गर्दै महासचिव पाेखरेलले नेपाल र चीनबीचको भूगोललाई चुनौती नभई अवसरका रुपमा लिनुपर्ने बताउनुभयाे । बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणले दुई देशबीचकाे सम्बन्ध थप प्रगाढ हुने उहाँले बताउनुभयाे ।
Comments are closed.