भारतको नैनितालमा भीरबाट जीप खस्दा सात नेपालीसहित आठ जनाको मृत्यु (नामावली)

काठमाडौं । भारतको नैनितालमा जीप दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । सोमबार राति नेपाली मजदुर चढेको जीप दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा परी ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरजको मृत्यु भएको छ । दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।
सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जीप भीरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ ।

Comments are closed.