नयाँ दिल्ली । अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठाको दिन नजिकिँदैं छ । जनवरी २२ मा प्राण प्रतिष्ठा हुँदैछ । यस अवसरमा केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।
यो दिनमा अढाई बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने उक्त दिनमा प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पूरै बन्देज लगाउने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानन्द र अन्य चर्चित व्यक्तिहरुको उपस्थितिमा प्राण प्रतिष्ठा हुँदैछ । हजारौं अतिथिहरूलाई निम्तो पठाइएको छ ।कार्यक्रममा बलिउडका सेलिब्रेटी, क्रिकेटर, उद्योगी र व्यापारीसमेत ७ हजारभन्दा धेरै अतिथि आउने बताइएको छ । मोदीले सन् २०२० अगष्ट ५ मा राम मन्दिरको जग पूजा गरेका थिए ।
Trending Now
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
- Why does Trump want to purchase Greenland?
- Three killed, including two journalists, in Haiti news conference
- Japan aims to boost annual infrastructure exports to 45 trillion yen
- ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
Comments are closed.