Trending Now

भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन : सांसद राई

नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताएका छन्।

बिहीबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालका लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्।

उनले छिमेकी मुलुकसँगको सम्बन्ध नेपालका लागि समस्या नभएको बताए। उनले भारतसँगको सम्बन्धलाई अवसरको रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए।

सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपी नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए।

उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनुको कुनै अर्थ नभएको बताए।

 

Comments are closed.