भिजिट भिसाका नाममा मानव तस्करीप्रहरीको हस्तक्षेप बढेको भन्दै अध्यागमनका कर्मचारी रुष्
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा अध्यागमन र एयरलाइन्सकै अधिकारी रहेको खुले पछि भिजिट भिसाका नाममा सेटिङमा मानव तस्करी भइरहेको पोल बाहिर आएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय चलाएको अपरेशनमा विभागका अधिकृतहरु पनि समेत छानबिनमा परेका थिए । एक जना पक्राउ परेका थिए भने एक फरार छन् । अध्यागमको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोके ।अध्यागमन कार्यालयका कर्मचारीले बुधबार बिहान एक घन्टा र दिउँसो आधा घन्टा सेवा अवरुद्ध गर्दा सयौं यात्रुले सास्ती ब्यहोर्नुप¥यो ।
असन्तुष्टि लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरु गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान नै डिले हुने गरी उहाँहरु आउनु भएको होइन ।’भिजिट भिसासँग सम्बन्धित प्रहरीले गरेको छानबिनमा विमानस्थलमा रहेको अध्यागमन कार्यालय र अध्यागन विभागका कर्मचारीलाई बदनाम गराएको आरोप लगाउँदै त्यहाँ कार्यरत कर्मचारीले बुधबार बिहान साढे ११ देखि साढे १२ बजेसम्म र दिउँसो ५ बजेर १० मिनेटदेखि ५ बजेर ४५ मिनेटसम्म गरेको आन्दोलनका कारण उडान ढिलाइ हुँदा यात्रुले सास्ती पाएका हुन् । कर्मचारीले यात्रुका राहदानी जाँच, भिसासम्बन्धी सेवा रोकेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार बिहान भिसासम्बन्धी सेवा रोकिँदा काठमाडौंबाट इन्डिगो एयरबाट भारतको दिल्ली र थाई एयरबाट बैंकक जाँदै गरेका यात्रुहरु घन्टौं अध्यागन डेस्कमा उभिनु परेको थियो । कर्मचारीहरुले सेवा अवरोध गर्दा ती दुई वायुसेवाका उडानमा ढिलाई भएको थियो । त्यस्तै बेलुकी कतार एयरवेजबाट फर्केका विदेशी तथा स्वदेशीले आगमन कक्षमा पर्खनु परेको थियो । ‘विमानस्थलभित्रै रहेका सेवाप्रवाह गर्ने सरकारी कार्यालयकै कर्मचारीले सेवा अवरोध गर्दा विदेशी पर्यटक, यात्रुमा नकारात्मक असर प¥यो,’ प्रवक्ता झाले भने,‘यो घटनाले देशकै छविमा असर पा¥यो ।’ महानिर्देशक तामाङका अनुसार, कर्मचारीहरुले अध्यागमनको नाममा धेरै निकायका कर्मचारीले आएर कागजात लिने र दोषजति सबै अध्यागमनका कर्मचारीलाई लगाउने प्रवृत्ति देखिएको भन्दै गुनासो गरेका छन् । कर्मचारीहरुले महानिर्देशक तामाङलाई ज्ञापन पत्र समेत बुझाएका छन् । अध्यागन कार्यालयका अधिकारीले भिजिट भिसासँग सम्बन्धित घटनाहरुमा गृह प्रशासनबाट अनावश्यक छापा हान्ने काम भएकाले कर्मचारीले बुधबार अध्यागमन महानिर्देशक रुद्रसिंह तामाङ र प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाललाई अध्यागमन अधिकृतहरुले संयुक्त भेट गरी ज्ञापन बुझाउन गएकाले प्रस्थान अनुमति र आगमन अनुमति सेवा प्रभावित भएको बताए । ज्ञापन पत्रमा उनीहरुले भिजिट भिसाको नाममा अध्यामगन अधिकृतको मात्रै जिम्मेवारी हो भन्ने अवस्था सिर्जना भएको भन्दै भनेका छन्, ‘नियमानुसार भिजिट भिसामा प्रस्थान अनुमति दिइ व्यक्तिको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारको सुनिश्चितता स्वरुप प्रस्थान अनुमति दिने कार्य गर्दा अध्यागमन अधिकृत मानव तस्करी हो भन्ने निष्कर्ष निकाल्ने हो भने यसलाई रोक्नत दारुकता मन्त्रालय तथा विभागले हालसम्म किन नगरेको हो ?’ ज्ञापन पत्रमा यात्रुको राहदानी र भिसाको चेकजाँच गर्ने कानूनी अधिकार अध्यागमन अधिकृतलाई मात्र भएको अवस्थामा नेपाल प्रहरीबाट विमानस्थलको मुख्यद्वारमा समय समयमा कहिले मानव बेचबिखन ब्यूरोको नाममा त कहिले अन्य युनिटबाट समानान्तर प्रकृतिको अध्यागमनको झल्को दिने गरी सेवाग्राहीलई सोही विन्दुबाट फिर्ता पठाउँदा अध्यागमन बदनाम हुने गरेको पनि भनिएको छ । त्यस्ता गैरकानूनी क्रियाकलाप तत्काल अन्त्य गरियोस्, र यसअघि भएका उक्त गतिविधिको छानबिन गरियोस्’, ज्ञापन पत्रमा भनिएको छ ।
Comments are closed.