मनाइयाे माओ जयन्ती

काठमाडाैं । मंगलबार १ सय ३१औं माओ (माओत्सेतुङ) जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।

नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी माओ जयन्त्री मनाएका हुन् । माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरेकाे थियाे ।

कान्तिकारी कम्युनिष्ट पार्टीले लाल मार्चपास गरेको छ । क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा गरिएकाे लाल मार्चपासपछि काठमाडौंको शान्तिबाटिकामा आयाेजित काेणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले सम्बाेधन गर्नुभएकाे थियाे ।

माओलाई विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन् । उहाँका सिद्धान्तलाई माओवादका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिष्ट पार्टीले स्वीकार समेत गर्दै आएका छन् ।

माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तको स्याङतानको पहाडी गाउँ साओ साङचुङमा भएको थियो । ९ सेप्टेम्बर १९७६ मा ८२ वर्षको उमेरमा माओको निधन भएकाे थियाे ।

माओकै नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो । सन् १९२१ को जुलाईमा संघाइमा माओ लगायत १२ जनाले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । सन् १९४९ अक्टोबर १ मा कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभएकाे थियाे ।

चीनलाई माओले जनवादी गणतन्त्र घोषणा गरेकै वर्ष नेपालमा पनि पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

Comments are closed.