महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता – आर्थिक सुधारका लागि सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत पदाधिकारी र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिबीच भेट वार्ता भएको छ । महासंघ सचिवालयमा भएको उक्त भेटमा आर्थिक सुधारका लागि सहकार्य गर्ने बिषयमा छलफल भएको थियो ।

उक्त भेटवार्तामा अध्यक्ष ढकालले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आपूmले अगाडि सारेको जानकारी गराउनुभयो । अबको सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएको हुदा आयोग आवश्यक रहेकोमा अध्यक्ष ढकालले जोड दिनुभयो । यसमा सेजनसंगको सहकार्य महत्वपूर्ण हुने पनि उहँको धारणा थियो । यसैगरि अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले वताउनुभयो ।

कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुदा सुधारका लागि सहकार्य गरिने वताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको वताउनुभयो । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रसंसा गर्नुभयो । सेजन महासचिव विश्वा रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको वताउनुभयो ।

आर्थिक पत्रकारहरुको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।

Comments are closed.