काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो । आजको बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।
त्यस्तै पार्टीकार प्रदेश इन्चार्ज पनि बैठकले तोक्दै छ । यसै गरी माओवादीले आउने चैत र बैशाख महिनामा सञ्चालन गर्ने पार्टी अभियानको कमाण्डर पनि आजको बैठकले तोक्दै छ ।
बैठकले परिमार्जित पार्टीका विधान अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ । यस बाहेक अन्य समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने छ ।
Comments are closed.