मान्यता प्राप्त नगरेका दलका नेता १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडछन्

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय दलकाे मान्यता नपाएकाे पार्टीका मानिसहरु प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताउनुभएकाे छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशनकाे शुक्रबार काठमाडाैंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलका नेता १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताउनुभयाे । उहाँले कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे ।

अहिलेको परिस्थितिमा को सरकारमा को हुन्छ हुँदैन भन्न नसक्ने अवस्था रहेको अध्यक्ष ओलीले बताउनुभयो । एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको र आफ्नो द‍ृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुभयाे । अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको उहाँले बताउनुभयाे ।

सिर्जन संस्कृतिको विकासका लागि पठन संस्कृतिको विकास आवश्यक रहेको समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

Comments are closed.