माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगेकाे आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङकाे त्रिपुरा सुन्दरी गाउँपालिका घर भइ हाल काठमाडाैं बस्ने २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेकी काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उनले कुलमान कुमालसहित २ जनालाई माल्टा जान कुल ९ लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । माल्टामा प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख रुपैयाँ तलब हुने प्रलाेभन देखाएर उनले पटक-पटक गरी पीडितसँग ६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।

उनलाई आज बिहान बाफलबाट पक्राउ गरिएको कार्यालयले जनाएकाे छ । श्रेष्ठलाई थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Comments are closed.