मौलाकाली केबलकार सञ्चालन, शनिबार भने पूरा दिन चल्ने, अरुदीन दिउँसो २ बजेसम्म मात्रै

काठमाडौं । आजदेखि मौलाकाली केबलकारको सञ्चालन समय छोट्याइएको छ। नियमित मर्मत सम्भार गर्न फागुन १६ गतेसम्मका लागि सञ्चालन समय घटाइएको हो।मौलाकाली केबलकार लिमिटेडले सूचना जारी गर्दै फागुन ८ गतेदेखि फागुन १६ गतेसम्म बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्ममात्रै केबलकार स्ञ्चालन हुने जनाएको छ।
यद्यपि, शनिबारको दिन भने पूर्ववत तालिका अनुसार नै केबलकार सञ्चालन हुने सूचनामा उल्लेख छ। सो दिन बिहान ५:३० बजेदेखि साँझ ६ बजेसम्म नै केबलकार चल्ने छ।

Comments are closed.