म्यानपावर कम्पनीले पनि ई-सेभन भिसामा कोरिया श्रमिक पठाउन पाउने

काठमाडौं । नेपालका रोजगार व्यवसायीले पनि ई-सेभन भिसामा कोरियामा श्रमिक पठाउन पाउने भएका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि जारी गरेर संस्थागत म्यानपावर कम्पनीले कामदार पठाउने बाटो खोलिदिएको हो । जाने लागत भने रोजगादाताले नै बेहोर्नेछन् ।
नेपालका प्राविधिक शिक्षालयबाट सीप सिकेका युवा ई-सेभेन भिसामा जान सक्ने वैदेशिक रोजगार विभागले बताएको छ । कोरियाली रोजगारदाताले सिधै म्यानपावर कम्पनीमा सम्पर्क गरि कामदार लैजान सक्ने छन् ।
कोरियामा सीप हासिल गरि फर्किएका युवा यसबाट लाभान्वित हुने अधिकारीहरुको दाबी छ ।

Comments are closed.