म अहिले प्रधानमन्त्रीको दौडमा छैन : केपी ओली

रसुवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री खान नपाएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले
हर्याक–हर्याक गरिरहेको टिप्पणी गरेका छन् ।
एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको बताए ।नेता नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘हामी अहिले एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्याक–हर्याक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्टपटाएको आरोप लगाए । आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उनले स्पष्टसमेत पारेका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्दा आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए ।
अहिले समीकरण फेरबदल हुने आशंकाबीच आफू प्रधानमन्त्री नबन्ने संकेत पाएपछि उनी गुनासो गर्दै आइरहेका छन् ।

Comments are closed.