युवा संघले दियाे दुर्गा प्रसाईं विरुद्ध उजुरी

काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दुर्गा प्रसाईंविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएको छ ।

युवा संघ धनुषाले राष्ट्रियगान अपमान सम्बन्धी कसुर मुद्दामा प्रसाईंविरुद्ध मंगलबार उजुरी दर्ता गरेकाे हाे । केही दिनअघि गरिएको एक कार्यक्रममा पुरानो राष्ट्रियगान बजाएर प्रसाईंले गणतन्त्रविरोधी क्रियाकलाप गरेको युवा संघकाे ठहर छ ।

हिन्दू सम्राट सेना धनुषाले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि हुनुहुन्थ्याे । त्याे कार्यक्रममा पुरानो राष्ट्रियगान श्रीमान् गम्भीर नेपाली बजाइएको थियो ।

Comments are closed.