राप्ती र नारायणी नदीमा घडियाल गोहीको अनुगमन कार्य

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा घडियाल गोहीको अनुगमन कार्य सम्पन्न गरियो । उक्त अनुगमन कार्यमा राप्ती र नारायणी नदीमा तपसिल बमोजिमको संख्यामा घडियाल गोही देखिएको व्यहोरा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको तर्फवाट जानकारीका लागि अनुरोध गरिन्छ । उक्त अनुगमन कार्यमा चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जी.पी.एस., क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो । साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको थियो ।नारायणी नदीमा जम्मा घडियाल संख्या : ११३ जस मध्ये ३ वटा भाले
२. राप्ती नदीमा जम्मा घडियाल संख्या : १५२ जस मध्ये ३ वटा भाले
३. जम्मा : २६५

Comments are closed.