काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ ।
बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बैठक बसेको थियो । तर नेताहरूबिच विवाद भएर कुटपिट भएपछि बैठक प्रभावित भएको थियो ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज सार्वजनिक गरिने कार्यक्रम छ
Comments are closed.