राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरुले आज साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।
९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।
मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
Comments are closed.