राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडाैं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई बुधबार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति पाैडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्त गर्नुभएकाे हाे । पोखरेल र ढकाल कानुन व्यवसायी हुनुहुन्छ भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुनुहुन्छ ।

न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो । सिफारिस भएका ६ जना न्यायाधीशको नाम बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले अनुमोदन गरेको थियो ।

अब प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुहुनेछ ।

Comments are closed.