काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले साे निर्णय गरेकाे हाे र
महासचिव शंकर पोखरेलले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको जानकारी दिएका छन् ।
‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ । ती नामका बारेमा छलफल गरेका छौ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, उनले भने, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ ।’
Comments are closed.