काठमाडाैं । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकले साे विधेयक पारित गरेकाे हाे । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि मन्त्री गुरुङले साे विधेयकमाथि छलफल गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि सांसद्हरुले छलफलमा भाग लिएका थिए । सांसद्का प्रश्नकाे मन्त्री गुरुङले जवाफ दिनुभएकाे थियाे । त्यसपछि साे विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव पेस भएकाे थियाे ।
प्रतिनिधि सभाबाट भने साे विधेयक माघ २४ गते पारित भएकाे थियाे ।
राष्ट्रिय सभाकाे आजकाे बैठकले राष्ट्रिय सभा दोस्रो संशोधन नियमावली, २०८० पारित गरेको छ ।
Comments are closed.