काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह आयाेजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
शपथ लिएलगत्तै उहाँले पदभार समेत गरिसक्नुभएकाे छ ।
मंगलबार दिउँसाे राष्ट्रिय सभा बैठकमा भएकाे मतदानमा सत्ता गठबन्धनका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे । उहाँ माओवादी केन्द्रका सांसद् हुनुहुन्छ ।
Comments are closed.