राष्ट्रिय सभा सदस्य उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडाैं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएकाे छ ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतकाे कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेकाे हाे ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि ८ दलबाट ५१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५२ जनाकाे उम्मेदवारी परेकाेमा लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराउनुभएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि ५१ जनाबीच प्रतिष्पर्धा हुन लागेकाे हाे ।

आयोगका अनुसार कोशी प्रदेशमा ५, मधेश प्रदेशमा ५, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

Comments are closed.