राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर. थम्पसन  बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर. थम्पसन  बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट भयो । प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख श्री शिशिर खनाल,  केन्द्रीय सदस्य श्री प्रतिभा रावल लगायतको सहभागिता रहेको सो भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको थियो । उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराउनु भयो  ।

Comments are closed.