नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन “नेपाल हाइकु सङ्घ” केन्द्रीय समितिले राष्ट्रिय हाइकु महोत्सव-२०८० तथा हाइकु सम्मानको आयोजना गरेको थियोे । यस महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित
“माकुरा जाल
झोलिएको ओसले
तन्किँदै गयो” हाइकु वाचन गरेर राष्ट्रिय हाइकु महोत्सव-२०८०को उदघाटन गर्नुभएको थियोे ।
यस अवसरमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउनु हुने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह , धर्मेन्द्र विह्वल, डा.बमबहादुर थापा ‘जिताली’,डा. सुकुम शर्मा,डा. उषा श्रेष्ठ ,रत्नप्रसाद अनामणि श्रेष्ठ , जीवन सुवेदी ,सुरेन्द्र महर्जन ‘अमर’,दिल पौडेल ,रेणुका भट्टराई र मनोज न्यौपानेलगायत हाइकु सम्मान -२०८० द्वारा सम्मानित हुनुभएको थियोे ।
Comments are closed.