रास्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको एक समारोहका बिच समुद्घाटन गरे । विश्वमा शान्तिको सन्देश दिने अभिप्रायले देश दर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको जनाइएको छ । उनले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गरे ।
सो अवसरमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका नदीहरू पवित्र रहेको र महायज्ञले जल सम्पदालाई बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मानव सभ्यताका लागि पानी अर्थात जलको महत्त्वपूर्ण भूमिका भएको भन्दै पानीका श्रोत संरक्षणमा उनले जोड दिए ।
“राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल र प्रकृतिको संरक्षण बाटै सम्भव छ, नदी सभ्यता जोगाएर धार्मिक पर्यटन मार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषतः कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, उनले भने ।
धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्त्व र महिमा बढेको उनले उल्लेख गरे । “ धौलागिरि क्षेत्र तपो भूमि हो, मुक्ति क्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटको नाम आइरहेको छ, म पहिला शालग्राम सङ्ग्रहालय आएको थिए, महायज्ञले धार्मिक प्रसार, जल सम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ”, उनले भने।
पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा सुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणी धामसम्मका एक सय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले आयोजित महायज्ञ यही फागुन २३ गतेसम्म चल्नेछ ।
महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउने क्रम जारी रहेको जनाइएको छ । विभिन्न सङ्घ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनहरूका लागि भोजन र बासको व्यवस्था गरिएको छ ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.