लघुवित्त पीडितहरुले गरे बालुवाटारमा प्रदर्शन

काठमाडाैं । देशका विभिन्न ठाउँबाट काठमाडाैं आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।
पैदलै हिँडेर काठमाडाैं आएका पीडितहरुले बुधबार सिफलबाट मार्चपास गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडि पुगेर धर्ना दिएका हुन् ।लघुवित्तले मिटरब्याजको ऋणमा फसाएको भन्दै उनीहरुले लघुवित्त र वित्तिय संस्था खारेज गर्न माग गरेका थिए । प्रदर्शन तथा धर्नामा सहभागीले लघुवित्त संस्थाहरुले बढी ज्यादतीबाट न्याय पाउनका लागि काठमाडाैं केन्द्रित आन्दोलन गरेकाे बताएका थिए ।
संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत ९ बुँदे माग अघि सारेका छन् । लघुवित्तपीडितले आफ्ना मागहरु राज्यले सुन्नुपर्ने भन्दै मागको सुनुवाई नभएसम्म नफर्किने चेतावनी दिएकका छन् ।
३ वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

 

Comments are closed.