Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

ललितपुरकी सुरवी बज्राचार्यले जितिन मिस लिटिल नेवाको उपाधि

Editorial Team by Editorial Team
January 20, 2026
in Entertainment, Nepal, News
0
ललितपुरकी सुरवी बज्राचार्यले जितिन मिस लिटिल नेवाको उपाधि
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् ।

बज्राचार्यले १९ प्रतियोगिलाई पछाडि पार्दै १५औं मिस लिटिल नेवाःको उपाधि चुमेकी हुन् । उनले मिस लिटिल नेवाः ११४५ भएसँगै चम्किलो ताजका साथ नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन् ।

नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन् ।

उनले मिस ट्यालेन्ट उपउपाधिलाई पनि आप्mनो बनाएकी छन् । त्यसै गरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड रनर्सअप भइन् । उनीहरुले उपविजेता र सहविजेता हुँदै ताज सहित क्रमशः १५ र १० हजार रुपैयाँ नगद र विभिन्न उपहार प्राप्त गरेका छन् ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा अर्शिया महर्जन मिस ट्यालेन्ट फस्ट रनर्सअप, प्रिन्सिका शाही मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, लिडिया महर्जनले बेष्ट नेपालभाषा, रोज्लिन शाक्यले बेष्ट ड्रेस, देजला शाक्यले सोसल वयरफेर अम्वासडर चिफ, सहिना शाक्यले सोसल वयरफेर अम्वासडर फस्ट रनर्सअप र बिदिशा महर्जनले सोसल वयरफेर अम्वासडर सेकेण्ड रनर्सअप उपउपाधि जिते ।
त्यसैगरी आन्या महर्जनले मिस डिसिप्लिन, सचिका महर्जनले मिस पब्लिक च्वाइस, श्रीषा श्रेष्ठले मिस कल्चर, आरग्या महर्जनले मिस कन्फिडेन्ट र बेष्ट स्किन, क्रिस्टिना खड्गीले मिस पर्सनालिटि, सफू बज्राचार्यले मिस इनोसेन्ट र तस्विर मिस फोटोजेनिक, निभा डंगोलले बेष्ट हेयर र मिस क्युट, सस्था मानन्धरले वेष्ट स्माइल, श्रेया बलामीले मिस चार्मिङ र क्रिस्टिना खड्गीले मिस फ्रेन्डसिपको उपउपाधि जिते ।

लायन्स क्लव इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर मनिश्रीरत्न बज्राचार्य मुख्य निर्णायकको रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाईस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायक रहेका थिए ।

आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्षहेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित गरि नेवार हुनुमा गर्व गराउने उद्देश्यले १५ वर्षदेखि नियमितरुपमा प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
डा. किशोरराज प्रधानको सभापतित्व, आरडि फाउण्डेशनका अध्यक्ष देवकाजी डंगोल प्रमुख आतिथ्यता तथा गायिका मिरा राणा र फाइट फर लाइफका अध्यक्ष दिलकुमार महर्जनको विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलबाट नेपाललाई चिनाउन सफल खेलाडी एवं पूर्वमिस लिटल नेवाः ११४१ तथा मिस ट्यालेन्ट नयाना शाक्यलाई सम्मान गरिएको थियो।
प्रतियोगिता मिस नेवाः सकिना महर्जन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो ।

Advertisement Banner
Previous Post

प्रधानमन्त्री कार्कीको काँधमा थप तिन मन्त्रालयको जिम्मेवारी

Next Post

हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु:केपी शर्मा ओली

Editorial Team

Editorial Team

Next Post
हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु:केपी शर्मा ओली

हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु:केपी शर्मा ओली

Recommended

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

3 weeks ago
Nepal Finance Minister Janardhan Sharma resigns from his post after recent controversy

Nepal Finance Minister Janardhan Sharma resigns from his post after recent controversy

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.