लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

 

काठमाडौं, ३ फागुन

काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरूमा प्रवेश गरी मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका  सामानहरु लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माईक्रोबस व्यवस्थापन लगाएतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले गरेको आन्दोलनको क्रममा सोही ठाउँस्थित लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसिडिसी मोबाईल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाडौँ सुपर मार्केटमा तोडफोड गरी पसलभित्र रहेका मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुबाट घडी, घडीको चार्जर, एयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसि र एनसिएलको रिचार्ड कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमती प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको

Comments are closed.