विवाह गराइदिन्छु भन्दै बोलाएर महिलाको हत्या, फरार अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडाैं । ६ वर्षअघि बल्खुमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लोपोखरा बस्ने ४६ वर्षीय शिवराम अधिकारी र अर्घाखाँचीकाे जिल्ला सितगंगा नगरपालिका-१४ का ३७ वर्षीय जगत विश्वकर्मा छन् ।

उनीहरुले ०७४ पुस ३० गते काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बोक्सिदह डाँडामा मकवानपुरकी अप्सरा भन्ने ५० वर्षीया नारायणी तिमल्सिनाकाे हत्या गरी फरार रहेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाे हाे ।

कार्यालयका अनुसार अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई चोरी मुद्दामा केन्द्रीय कारागारमा थुनामै रहेका थिए । फरार रहेका विकलाई भारतबाट नेपाल आउने क्रममा बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । आरोपी शिवराम चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । विक भने

उनले तिमिल्सिनालाई भूपू आर्मीसँग बिहे गराइदिने बहानामा पैसा र गरगहना लगाएर माछापोखरीमा बोलाई ललितपुरको कुसुन्तीमा लगेर लुटपाट गर्दै ढुंगाले हानेर हत्या गरेका थिए । त्यसपछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केही नगद निकालेर उनीहरु फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Comments are closed.