सत्ता साझेदार ५ दलबीच टिआरसी विधेयक अघि बढाउनेबारे छलफल सुरु

काठमाडौं । सत्ता साझेदार पाँच दलबीच सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी विधेयक अघि बढाउन सहमति खाेज्न छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा पाँच दलका शीर्ष नेता सहभागी छन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन पछिल्लो समय शीर्ष नेताबीच छलफल हुने क्रम जारी छ ।

आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका थिए ।

यसअघि चैत २५ र २८ गते पनि शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।

Comments are closed.