नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उहाँले नेपालले कुटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए। उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए । उनले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भुमिका रहने बताए।
उनले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको बताए । उनले गैर आवासीय नेपालीहरुको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताए।
कुटनीतिक आचारसंहीताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि बताए । उनले नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउँदै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने बताए । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम राख्ने बताएका छन्।
Comments are closed.