समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई नै निरन्तरता दिने निर्णय

समाजवादी मोर्चाको संयोजक नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय भएको छ।
बुधबार साँझ बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले यस अघि पनि संयोजकको जिम्मेवारीमा रहेका नेपालको समयावधि सकिएकोमा उनैलाई नै नेतृत्वमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले अहिले ४७ जिल्लामा समाजवादी मोर्चा गठन भएको र बाँकी जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले यसपटक शहीद दिवस भव्य रुपमा मनाउने र दिवस मनाउनका लागि अन्य दलसँग पनि सहकार्य गरेर जाने निर्णय गरेको छ ।
बैठकले समाजवादी मोर्चाका नेतृत्वमाथी लगाइएका मुद्धाका विषयमा सरकारसँग भएका चरण–चरणका सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको छ।

Comments are closed.