सर्वोच्च अदालतका ६ जना न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं । सर्वोच्च अदालतका ६ जना न्यायाधीशले आफ्नो पद तथा गोपनीयताको बिहीबार शपथग्रहण गर्नुभएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष नवनियुक्त  सर्वोच्च अदालतका न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा उहाँहरूलाई शपथ गराइएको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ ग्रहण गर्नुभएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

 

Comments are closed.