सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडाैं । सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९-०८० वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष पेस भएकाे छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पाैडेल समक्ष तीन वटै प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
उहाँले नेपालको संविधानको धारा १३८ बमोजिम राष्ट्रपति पाैडेलसमक्ष ती प्रतिवेदन पेस गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

Comments are closed.