काठमाडौं : दुई सातादेखि काठमाडौं महानगरले सिंहदरबार भित्रको फोहोर उठाएको छैन। विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा महानगर प्रमुख बालेन साहले गरे पछि फोहोर व्यवस्थापन नभएको हो।
शाहले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका थिए ।
लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्यवस्थापनको तरिका अपनाउन थालिएको छ।
सिंहदरबार परिसर भित्रै कुहिने र नकुहिने दुई थरिका फोहोरलाई छुट्टाछुट्टै किसिमले व्यवस्थापन गरिन थालिएको छ । कुहिने फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ भने नकुहिने फोहोरलाई छनोट गरेर बाहिर पठाउने काम भइरहेको छ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.