सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौं,वैशाख १०। साताको पहिलो कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले घटेर कारोवार सुरु भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलेका अनसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो।
यस्तै,आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ।यससँगै,आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम छ।

Comments are closed.