हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई अदालतले मंगलबार पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका दुर्गा प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
उननीहरू सोमबार बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए ।सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट इजाजत प्राप्त बन्दुक बरामद भएको थियो ।

Comments are closed.